ज्वाला अपडेट

४ वर्ष अगाडि

काठमाण्डाै । सुनचाँदी व्यवसायीमा जर्ति भनेको गहना बनाउदा खेर जाने भाग हो र ज्याला भनेको गहना बनाए बापत पाउने रकम हो । मुनाफा भनेको दरभाउ पर्चीमा देखिएको विक्री दर, खरिद दरमा ४५०० हो अथवा राज्यको नजरमा हामीले प्रति तोला ४५०० मुनाफा गरेका छौ र सोही भित्रबाट कोठा भाडा देखि कर पनि तिरेका र्छौ ।
तर ठिक उल्टो कालोबजारीयासँग ४५०० बढीमा खरिद गरी कममा विक्री गर्नुपरेको अबस्था छ । व्यवसायीले पाउनुपर्ने मुनाफा कालोबजारीयालाई बुझाएर ज्याला र जर्तिबाट खोज्दैछाैं ।

लगानी व्यवसायीको मेहेनत कालिगढको मुनाफा कालोबजारीयाले हात पारेको विद्यमान अवस्था छ । दुई चार सय वढी त हो नी भन्दैं हामी साना व्यवसायी र कालिगढहरु चुप लागेर सहेर वस्यौ कालोबजारीयाको मनोवल झन बढ्दै गयो अहिले यिनीहरुले त पेशाबाट नै विस्थापित गराउने गरी तोलामा ५ हजार सम्म बढी लिन थालेका छन् । अव हामी अझै चुप लागेर बस्ने र आन्दोलनमा नउत्रने हो भने भोलीको दिनमा यो पेशा नै संकटमा पर्न जाने देखिन्छ । हामीले देख्न सक्छौ बजारका विभिन्न ठाउँमा सुन पसल विक्रीमा भन्दै पोष्टर टासेको ।

नयाँ पसलहरुले त झन प्रतिस्पर्धामा उत्रीएर व्यापार गर्ने अवस्थानै छैन । धेरै सुनचाँदी व्यवसायीले फरक पेशा रोजिसकेका छन् भने कालिगढहरुले कालोबजारी र पेशा सुरक्षाको कुनै उपाय नभएपछि हातमुख जोड्न र परिवारको पेट पाल्नको लागि दैनिक खाडी मुलुक जानको लागि पासपोर्ट पेश गरेको छन् । व्यवसायी अत्यन्त पिडित छन् वैंकको किस्ता र ऋण तिर्न नसकेर कुन दिन तासको महल जस्तै ढल्नुपर्ने अवस्थामा रहेका छन् ।

कतिपय त ढलिपनि रहेका छन् । इतिहाँस साक्षी छ अधिकार मागेर नपाए खोस्न पनि सक्नुपर्दछ । संघर्ष नगरी कुनै उपलब्धी हासिल हुन सक्दैन ।

देशका लागि,जनताका लागि, प्रजातन्त्रका लागि, गणतन्त्रका लागि हामीले धेरै संघर्ष गर्यौ तर हाम्रो व्यवसायिक हक अधिकारका सुरक्षाको लागि न राज्यले सम्बोधन गर्न सक्यो न महासंघले नै कुनै आवाज उठाउन सके मात्र केवल झन महासंघ भित्र कम्बल ओढेर घिउ खान पल्केकाहरुले व्यवसायी तथा कालिगढहरुलाई उठिबास बनाउने काम गरीरहेका छन् ।

मैले त अहिले कमाइरहेको छु मलाई किन संघर्ष गर्नुपर्यो भन्ने तपाईलाई लाग्ला तर यतिकुरा हामी सवैले मनन गर्नुपर्छ नीति विहिन रहेको सुनचाँदी व्यवसाय क्षेत्र कर्कलोमा रहेको पानी जस्तै भएको छ । कुन दिन हामी तासको महल ढलेको जस्तै ढल्र्छौ ठेगान छैन । राज्यले चाह्यो भने कुनै पनि वहानामा हामीलाई कंगाल बनाइदिन सक्छ त्यो नीति नभएकै कारण हो ।

हामी महासंघको विरोधी होइनौ तर महासंघले राम्रो अभिभाकत्व भूमिका निर्वाह गरोस् र नीति नियम निर्माण राज्य तहसँग उपयुक्त समन्वय र आम व्यवसायलाई आहात हुने काम नगरोस् हो ।

एशोसियट सदस्यको नाममा दर्जनौको संख्यामा पुँजीपतिहरुलाई सदस्यता दिएर कालोबजारीको मुहान बनाउने काममा महासंघका स्वार्थी पदाधिकारी नलागुन भन्ने हाम्रो चाहाना हो । मुहाननै धमिलो बनेको छ कुन एशोसियट र कुन कम्पनीलाई,काठमाडौंमा,जिल्लामा के कति सुन जान्छ भनेर गएको विवरण दिन नसक्नु कति लाजमर्दो र अपारदर्शी ढंगबाट महासंघको नेतृत्व चलेको छ भन्ने कुरा यसले पुष्टी गर्दछ ।

महासंघ भित्र स्वार्थी समुहको लोभी पापी नजर र वेथितीले चाङ लागेको छ,सुन माफियाहरुको हाली मुहाली रहेको छ यसले गर्दा आज सवै भन्दा साना व्यवसायी र कालिगढ महासंघकै खराव नेतृत्वबाट पिडित हुनुपरेको छ ।
हामी भन्छौ अझै सच्चिने समय छ, यदि समयमा गल्ती कमजाेरीलाई सामुहिक छलफलबाट समाधानको दिशामा महासंघहरुको नेतृत्व गम्भिर नहुने पर पर भाग्ने उही कालोबजारीया र सुन माफियालाई संरक्षण नगर्ने अनि सुनचाँदीको नीति नियम बनाउन राज्यलाई दबाब दिन गम्भिर नहुने हो भने पिडित व्यवसायीहरुको आन्दोलन र संघर्षले खराव पदाधिकारीको अस्तित्व सकिने हामीले निकट भविष्यमै देखेका छाैं ।

हाम्रो संघर्ष र आन्दोलनलाई कम्जोरी ठानिएको हो भने यसको मूल्य महासंघका खराव नेतृत्वले गम्भिररुपमा चुकाउनुपर्ने हामी चेतावनी दिन चाहान्छाैं । तुरुन्त सर्वपक्षिय छलफलको महासंघहरुले कार्यक्रम आयोजना गरोस्,कम्ति कालोबजारी हटाउन विज्ञप्ती निकाल्ने काम गरोस् भन्ने हामीले सुरुवाती आशा गरेका छौं यदि यो पनि गर्न नसक्ने हो भने गरिमामय महासंघ खोल ओढेर व्यवसायी तथा कालिगढहरु माथि बेइमानी गर्ने अधिकार तिमीहरुलाई छैन ।

यदि महासंघको खराव नेतृत्व अहिलेसम्मको गल्तिप्रति आत्माआलोचना गरेर अगाडि हामीसँग सर्वपक्षिय छलफलको आयोजना गर्दैन भने सुन माफिया नेतृत्वको विरुद्ध अझ कठोर कदम चाल्ने चेतावनी दिन चाहान्छाैं ।

रेशम लाम्गादे संयोजक
पिडित सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समिति काठमाडौ

सोमबार, भाद्र १३, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१