काठमाडौं, असार १३ । नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको छ । वि.स २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । […]

कर्णाली कोरोना अपडेट : २१४ जना डिस्चार्ज भई घर फर्किए, थप ७ जनामा संक्रमण

सुर्खेत, असार १३ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । शुक्रबार मात्र २६ जना थप भएको कर्णालीमा शनिबार ७ जनामा मात्र संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । शनिबार प्रदेश अस्पताल सुर्खेतको पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणबाट ७ जनाको रिपोर्ट […]

७७ ओटै जिल्लामा फैलियो संक्रमण, शनिबार मात्रै ५५४ जना कोरोना संक्रमित थप

काठमाडौं, असार १३ । नेपालमा शनिबार मात्र ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिए । […]

दैलेख अस्पताल सहित देशभर पिसिआर परीक्षणका लागि १० प्रयोगशाला थप गरिदैं

दैलेख, असार १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैलेख जिल्ला अस्पताल सहित १० ठाउँमा कोभिड १९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड १९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार मेची अस्पताल, […]

सुनचाँदी व्यवसायी रिजवान अहमद सहित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँके, असार १३ । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए […]

कर्णाली कोरोना अपडेट : २६ जना थप, १४ सय ३३ पुगे, स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि तीन अस्पतालका सेवा बन्द (भिडियो सहित)

सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् । दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि […]

सोती घटना : धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि जेल चलान

सुर्खेत, असार ११ । रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान भएकी छन् । उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज […]

कर्णाली कोरोना अपडेट : खतराको घण्टी बज्दै, समुदाय स्तर मै भेटिन थाल्यो कोरोना (भिडियो सहित)

सुर्खेत, असार ११ । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतवार कोरोना संक्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो । पीसीआर परीक्षणबाट तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी […]

रुकुम हत्या काण्ड बिरुद्ध : निस्कियो सडक आन्दोलन दलित मुक्ति संगठन

काठमाडौ, असार ११ । अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको सडक विरोधमा सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा उत्रिएको छ । जातको आधारमा भएको नरसंहारयुक्त घटनाको चौतर्फी विरोध गदै देश तथा विदेशबाट समेत विरोध गरिरहेका बेला घटना भएको एक महिनापछि सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन […]

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु, कर्णालीका थप २८ जनामा कोरोना पुष्टि

काठमाण्डौं, असार ११ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । यसैविच, कर्णाली […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१