सुर्खेत, असार १४ । दैलेखको दुल्लु नगरपालिका वडा न १२ मा मेडिकल स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
कोभिड १९ कोरोना भाईरसका कारण समस्याा परेको बेला फार्मेसी संघ सुर्खेतले दुल्लु नपा १२ गौरी स्थित स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानियहरुलाई मेडिकल सामग्री बितरण गरेको हो ।
स्वास्थ्य चौकीलाई एक सय ५० थान , वडा कार्यालयलाई एक सय थान र स्थानीयहरुलाई दुई सय थान सर्जिकल मास्क सँगै सो बराबरको हात धुने सावुन बितरण गरीएको असिस्टेन्ट फार्मासिस्ट ललित सुनारले जानकारी दिए ।
मेडिकल सामाग्रीहरु फार्मेसी संघ सुर्खेतका सदस्य तथा दुल्लु नगरपालिका १२ का युवा ललित सुनारले स्वास्थ्यकर्मी रमेश लम्साल र सामाजिक परिचालक राजेन्द्र लम्साललाई हस्तान्तरण गरेका हुन ।
आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको