सुर्खेत, असार १४ । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।

प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो ।

यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार बिग्रीएको मेसिन मर्मतका लागि आइतबारमात्रै पहल थालिने भएको छ ।

‘शुक्रबार नै मेसिन बिग्रीएको हो, सफ्टवयरमा समस्या भयो कि भनेर आज दिनभरी प्रयास गरौँ तर हार्डवयरमै समस्या देखियो ।’ भण्डारीले भनिन, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लार्यर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’

हार्डवयरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनार्इ छ । ‘हार्डवयर समस्या तत्काल मर्मत गर्न सकिदैन, महिनादिन पनि लाग्नसक्छ ।’ उनले भनिन्, छिमेकी देशबाट प्राविधि झिकाउने वा मर्मतका लागि विदेश पठाउने भन्ने टुङ्गो लागेको छैन ।

मेसिन बिग्रीएपछि अत्यावश्यक व्यक्तिको अर्को पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । केही स्वावहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।

कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् । असार ५ गते दैलेखमा भित्र्याएको पीसीआर मेसिन भने प्रयोगशाला पूर्ण रुपमा सम्पन्न हुन नसक्दा पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१