काठमाडौं । राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि आज सकिदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजदेखि बिदा हुन लागेका हुन् । पदावधि सकिनेहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एमालेका आठ, नेपाली कांग्रेसका चार, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एक एवं राष्ट्रपतिबाट मनोनित एक गरी […]
काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनका लागि गृहकार्य भइरहेको बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकमा उनले सो जानकारी दिएका हुन् । उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्न सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप दिन संसदको चालु अधिवेशनमै पेश गर्न लागिएको बताए । उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि […]
काठमाडौं । त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई जितका लागि अन्तिम ओभरमा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका […]
सुर्खेत। हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुना दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव– इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल […]
काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । न्यौपानेसहित १० जनालाई सीआईबीले विभिन्न ठाउँबाट आजै पक्राउ गरेको हो । न्यौपानेसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि […]
काठमाडौँ । देशका विभिन्न ठाउँबाट २५ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो पहिलो चरणको वार्तामा पीडितको मागका बारेमा सरकारी वार्ता टोलीका पदाधिकारीले जानकारी लिएका छन् । गृह मन्त्रालयमा साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज पीडितको माग आफूहरूले सुनेको सरकारी वार्ता टोलीका उपसचिव एकदेव […]
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (पीडीबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ । आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएको हो । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबी […]
सुर्खेत । सुर्खेतमा फागुन १३ गतेदेखि फागुन २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न जानकारी दिएको हो । पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ […]
काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा रोहित पौडेललाई गुमाएको छ । कप्तान रोहितले रनको खाता नै खोल्न सकेनन् । यसअघि अनिल शेख र देव खनाल पनि व्यक्तिगत रुपमा रन बनाउन नसक्दै बाहिरिएका थिए । रोहित बाहिरिँदा नेपालले २४ ओभरको दोस्रो बलसम्मको खेलमा पाँच विकेट गुमाएर ११० रन […]