ज्वाला अपडेट

४ महिना अगाडि

सुर्खेत । वीरेन्द्रनगरमा यौनजन्य गतिविधि बढ्न थालेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा दस जिल्लाका मानिसहरुको बसोवास रहेको छ । लागुऔषध दुर्व्यसनीको हब बनिरहेको वीरेन्द्रनगरमा पछिल्लो समय यौनजन्य गतिविधि पनि बढ्न थालेका हुन् ।

सोमबार मात्र प्रहरीले वीरेन्द्रनगरका होटल तथा रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । त्यसमा होटल सञ्चालकदेखि त्यस्तो क्रियाकलापमा संलग्न युवायुवतीहरू रहेका छन् ।

पक्राउ पर्नेमा ११ जना महिला र १४ जना पुरुषहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक, मोहनजंग बुढथापाले बताए । उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको उनको भनाइ छ ।

बुढथापाका अनुसार वीरेन्द्रनगर नगरपालिका ६ बुद्धपथमा रहेका होटल हार्दिक, दंगाली, विकाश होटलबाट युवा, युवतीहरूलाई नियन्त्रणमा लिइएको थियो । राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा पछिल्लो समय अवैध रूपमा यौनजन्य गतिविधि हुने गरेका छन् ।

सोमबार, आषाढ ०२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४