ज्वाला अपडेट

४ महिना अगाडि

सुर्खेत । कर्तव्य ज्यान मुद्दामा १६ वर्ष अघिदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । सुर्खेतको चौकुने गाउँपालिका ७ का जुलु विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिका ३ का ६२ वर्षीय दल बहादुर सुजीलाई प्रहरीले पक्राउ गरेको हो ।

वि.सं. २०६६ साल असार ४ गते विश्वकर्माको हत्या गरी सुजी फरार भएका थिए । घटनापश्चात उनी आफ्नो ठेगाना परिवर्तन गरी बर्दियामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले लामो अनुसन्धान र खोजतलासपछि सोमबार ९असार ४ गते० साँझ ५ बजे उनलाई बर्दियास्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, जिल्ला अदालत सुर्खेतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सुजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

बिहिबार, आषाढ ०५, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४