
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ । चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे । एजेन्टहरूले ट्रम्पलाई उभिन […]
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका […]
सुर्खेत । पछिल्लो समय सुर्खेत जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको देखाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सुर्खेतमा कुल २ हजार २ सय ७० जना महिला सुत्केरी भएका छन् । त्यसमध्ये ९७ जना महिला घरमा सुत्केरी भएका छन् […]
काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका १ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका १ मनोहरा(जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०८० ल्याउन लागेको छ । विधेयक पारित भएपछि ऐनको रुपमा लागू हुनेछ । यसअघि कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्त्यतिर प्रदेशसभा सचिवालयमा उक्त विधेयक दर्ता भएको थियो । त्यतिबेला थप प्रकृया अघि नबढेपछि निस्क्रिए भएको उक्त विधेयक सरकारले पुन […]
काठमाडौं । विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यसहित सतत्तरै प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल गर्दै सचिव एकनारायण अर्यालले यस्तो निर्देशन दिएका हुन् । उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य […]
सुर्खेत । अखिल नेपाल चेस संघको आयोजनामा भएको कर्णाली प्रदेशस्तरीय छनोट प्रतियोगीतामा विरोधविक्रम जिसी प्रथम भएका छन् । ५० वर्षमाथिको भेट्रान चेस च्याम्पियन प्रतियोगीतामा जिसी प्रथम भएका हुन् । यस्तै, राजेन्द्र गौतम द्धितीय, प्रेम सुमै तृतीय, सुन्दर कुँवर चौथो र निरक रावल पाँचौं भए । कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ । बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि जनाएका छन्। लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताए । बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई सत्ता समीकरणबारे विवेकसम्मत निर्णय लिन सुझाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बालकोट पुगेपछि झस्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार ओलीसँग झण्डै ३ घण्टा लामो छलफल गरेका थिए । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा दुई नेताबीच सत्ता समीकरण, बजेट, […]
काठमाडौं । एकीकृत समाजवादीको महाधिवेशनअन्तर्गत सोमबार बन्द सत्र शुरू हुँदैछ । कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आजै सुरू हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ । एकीकृत समाजवादीको केन्द्रीय […]