
काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ […]
सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । उर्लदो भेरीमा हाम्फाल्ने महिला तिलागुफा नगरपालिका ६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो वीरेन्द्रनगर ११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा अमिला वेपत्ता भएकी थिइन् । मलामी गएकाहरुले हामफालि सकेपछि उनलाई देखेपछि प्रहरीलाई […]
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ । देउती मन्दिर परिसरमा फोहोर देखेपछि कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । त्यस्तै […]
सुर्खेत । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पछिल्लो […]
दैलेख । निषेधाज्ञा (लकडाउन) को प्रभाव प्रत्यक्ष रुपमा कृर्षि क्षेत्रमा परेको छ । दैलेखमा उत्पादन भएको तरकारीले सहज बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ शुद्ध कृषि तथा पशुपंक्षी एग्रो फार्म अन्तर्गत १२ रोपनी जग्गामा लगाएको तरकारीले उचित बजार नपाउँदा किसान मर्कामा परेका हुन् । कृषक गणेश रोकायाले १२ […]
कञ्चनपुर । वेदकोट नगरपालिका कञ्चनपुरमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो । ५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । भीमदत्त नगरपालिका ६ की […]
काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले […]
काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रवक्तामा सीता नेपालीलाई जिम्मेवारी दिएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई दिएको थियो । यसैविच, कर्णाली प्रदेश सरकार विपद् नियन्त्रण तथा प्रतिकार्यको […]
काठमाडौं । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । सो प्रणालीका कारण मङ्गलबार […]