सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ ।
देउती मन्दिर परिसरमा फोहोर देखेपछि कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले मन्दिरमा विभिन्न पूर्वाधारहरु निर्माण भैरहेको जानकारी दिए ।

विगत ३ बर्ष देखि देउती बज्यैमा विभिन्न भौतिक पूर्वाधारको निर्माण पूर्वाधार विकास समितिले गरिरहेको छ समितिले विभिन्न दाताहरूको सहयोगमा यज्ञशाला, शिव मन्दिर, हनुमान मन्दिर निर्माण गरिरहेको छ । त्यस्तै शनी मन्दिर शौचालय, खानेपानी ईनार तथा संतसंग भवन तयार भैसकेको छ ।

कार्यक्रममा देउती बज्यैको विकासको संकल्प लियर २ बर्ष पहिले यज्ञको आयोजना गरि देउती बज्यै मन्दिरको नियमित विकासमा लागेका चितवन देवाघाटका सन्त सविन सिवाकोटीले सबैजना मि‍लेर मन्दिरको संरक्षण र सरसफाई गर्नुपर्ने बताए । उनले मन्दिर व्यवस्थापन समितिले सरसफाई गर्ला भनेर बस्नु भन्दा सरसफाईमा सबैले ध्यान दिनुपर्ने बताए ।

शनिबार, भाद्र २६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४