सुर्खेत । सुर्खेत कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भेरी पुलतर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्वरको स्कुटीलाई विपरित दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटना हुँदा स्कुटरको पछाडी बसेकी रानाकी आफ्नै दिदी ३२ वर्षीया रानी राना समेत सख्त घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश वमले जानकारी दिए । उहाँले दुर्घटनामा परी सख्त घाईते रानी रानाको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको बताए ।

स्कुटीलाई ठोक्कर दिने मिनि ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ । यसअघि आजै विहान दाङदेखि तरकारी बोकेर सुर्खेत आउँदै गरेको जीप भेरीपुल अगाडि झुप्राखोलमा दुर्घटना हुँदा घोराही नगरपालिका–१३, का २८ वर्षीय जीप चालक राजु विकको मृत्यु भएको थियो भने सह–चालक घाईते भएका थिए ।

बिहिबार, कार्तिक १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१