सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

 

नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् । चेक बुझ्दै शर्मा की आमा खगिसराले आफ्नो छोरालाई बचाउन पत्रकार महासंघले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् ।

नेजाका अध्यक्ष न्यौपानेले अमेरिकमा रहेपनि नेपालका सञ्चारकर्मी साथीहरुको सुख र दुःख सारथी बनेको बताए । अमेरिकमा भएपनि भाइचाराको सम्बन्ध कायम गरिरहेको न्यौपानेका भनाई छ । उनले आगामी दिनमा पनि यस्तै सहयोगहरु गरिरहने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, दैलेख अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति थियो ।

स्व। पत्रकार शर्मा ६ वर्षदेखी सुर्खेतमा रहेर साझा विसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत थिए । २३ वर्षीय शर्माको २०७६ साल कार्तिक २८ गते उपचारको क्रममा काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा निधन भएको थियो ।

बिहिबार, कार्तिक २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१