कर्णाली कै प्रसिद्ध जात्रा सञ्चालन नहुने, सिंजामा पनि जात्रा नलाग्ने

जुम्ला । प्रत्येक वर्ष जनैपूर्णिमा वा रक्षाबन्धको पछिल्लो दिनबाट लाग्ने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा यस वर्ष कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २० गते गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्ष सञ्चालन नहुने भएको हो । शुक्ल […]

३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

सुर्खेत । लो भोल्टेजका कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको पल सुरु भएको छ । कोहलपुर – सुर्खेत १ सय ३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । […]

‘दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ – महानायक हमाल

काठमाण्डौं । सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए […]

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

सुर्खेत । लगातारको बर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया […]

वडाध्यक्ष शाहको खेतमा बन्यो सरकारी बजेटले पानीपोखरी

सुर्खेत । गुर्भाकोट नगरपालिका ४ का वडाध्यक्ष प्रशन्नकुमार शाहले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको बजेटबाट आफ्नै जग्गामा पानी पोखरी बनाएका छन् । वडाध्यक्ष शाहले नगरपालिकाको वडा नं. ४ मा रहेको आँपखोलीस्थित घरनजिकै खेतमा करिब ७ लाख रुपैयाँमा पोखरी बनाएका हुन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आँपखोलीमा तीनवटा पानीपोखरी बनाएको छ । दुईवटा सार्वजनिक जग्गामा बनेका छन् […]

च्याउ खाँदा एकको मृत्यु, आठ जना गम्भीर बिरामी

जाजरकोट । जाजरकोटमा च्याउ खाँदा एक जनाको मृत्यू भएको छ । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको हो । सँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र […]

राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

अझै विभेदको चपेटामा दलित समुदाय

सुर्खेत । २१ औँ शताब्दिमा जातका आधारमा विभेद गर्नु कानूनी राज्यलाई सिधैं ढाडस दिनु हो । पछिल्लो समयमा जुन अमानवीय ढंगबाट जातीय विभेदका घटना भएका छन् ती सबै अन्यायपूर्ण छन् । ति घटनाले राज्यलाई नै चुनौती दिँदै आएका छन् । नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र भएकाले पनि यस्तोखालको हर्कत गर्नेलाई कानूनले दण्ड सजायको व्यवस्था गरेको छ […]

विभिन्न मुद्दामा संलग्न रहेका फरार ३ अभियुक्त पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश […]

दैलेखकी महिला सुर्खेतमा मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिला मृत फेला परेकि छन् । नारायण नगरपालिका दैलेख घर वीरेन्द्रनगर ईत्राममा डेरा गरी बस्ने २९ वर्षिया कल्पना केसीको वीनपा १२ नेवारको जंगलमा शुक्रबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको र ती महिलाको आफन्त सम्पर्कमा आईसकेको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४