सुर्खेत । कर्णालीमा कोरोना भाईरस जित्नेको संख्यामा वृद्धी हुन थालेको छ । कोरोनाको उच्च संक्रमणदर भएको अबस्थामा पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

होम आइसोलेश र अस्पतालका आइसोलसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका १२६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका ८, डोल्पाका ४ र जुम्लाका २ जना रहेका छन् ।

हिजो २ सय ४६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए । आइतबारसम्म प्रदेशका विभिन्न जिल्लाका विभिन्न आइसोलेसनमा रहेकाको कुल संख्या तीन हजार ८ सय ८२ जना छन् । यी मध्ये होम आइसोलेसनमा तीनहजार पाँच सय ७० र अस्पतालका आइसोलेसनमा ३ सय १२ जना छन् ।

कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको २११ जनाको परीक्षणमा १७१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

आइतबार, बैशाख २६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४