सुर्खेत । सुर्खेतमा निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने तयारी गरेको छ । बढ्दो कोभिड १९ को स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् ।
यसअघि लागु भएको कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
कोरोना भाइरसलाई स्थानीयले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको बताउर्दै प्रजिअ रिजालले कोभिडलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्ने बताएका हुन् ।
बाँकेले भारतबाट आउनेलाई नरोेकेको अबस्थामा आफ्ना सिमा नाका बबई लगाएत क्षेत्रमा रोके सुर्खेतले थेग्न नसक्ने भएकाले पनि थप समस्या आउने प्रजिअ रिजालको भनाई छ । अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । बैसाख १४ गते राती १२ बजेदेखि सुरु भएको लकडाउन ३१ गते राती सकिनुपर्नेमा शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

https://www.youtube.com/watch?v=VhtEhbl4QvQ

 

बिहिबार, बैशाख ३०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८