सुर्खेत । सुर्खेतमा निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने तयारी गरेको छ । बढ्दो कोभिड १९ को स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् ।
यसअघि लागु भएको कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
कोरोना भाइरसलाई स्थानीयले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको बताउर्दै प्रजिअ रिजालले कोभिडलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्ने बताएका हुन् ।
बाँकेले भारतबाट आउनेलाई नरोेकेको अबस्थामा आफ्ना सिमा नाका बबई लगाएत क्षेत्रमा रोके सुर्खेतले थेग्न नसक्ने भएकाले पनि थप समस्या आउने प्रजिअ रिजालको भनाई छ । अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । बैसाख १४ गते राती १२ बजेदेखि सुरु भएको लकडाउन ३१ गते राती सकिनुपर्नेमा शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

 

बिहिबार, बैशाख ३०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८४५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला ।