ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेश कोभिड अस्पतालले यतिखेर बेड हुँदाहुँदै पनि थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो ।

निर्देशक खड्काका अनुसार अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । तर, केही दिनअघिसम्म २०० सिलिन्डर भरेर ल्याउने गरिएको थियो । बुधबारदेखि भने ५० सिलिन्डर मात्र अक्सिजन नेपालगंञ्जबाट आएको छ । जसले गर्दा अक्सिजनको हाहाकार भएको छ ।

‘नेपालगञ्जबाटै अक्सिजन ल्याउन सकिएको छैन, स्थानीयले नै खोसाखोस गरिरहेका छन् रे, यस्तो अवस्थामा हामीले कसरी बिरामीलाई भर्ना लिन सक्छौं,’ निर्देशक डा. खड्काले भने ।

जनशक्ति र बेड भएपनि अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसकिने डा। खड्काले बताए । उनका अनुसार पर्याप्त अक्सिजन भए प्रदेश अस्पतालमा २०० सम्म कोरोनाका बिरामी राख्न सकिन्छ ।

त्यसो त हाल प्रदेश अस्पतालले केबल ‘हाई फ्लो’ अक्सिजन दिनुपर्ने संक्रमितहरूलाई मात्रै लिन थालेको छ । अन्य संक्रमितलाई परामर्श दिँदै होम आइसोलेसनमा बस्न सुझाउने गरेको अस्पतालका डा. नवराज केसीले बताए ।

डा. केसीका अनुसार प्रदेश अस्पतालमा हाल ९२ जना कोरोनाका जटिल प्रकृतिका बिरामीहरु छन् । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा भएपनि ती प्लान्टबाट ‘हाइफ्लो’मा अक्सिजन दिन सकिएको छैन ।

अस्पतालको पुरानो र नयाँ दुईओटै भवनबाट कोभिड अस्पताल सञ्चालन गरिएको छ । पुरानो भवनमा ५० र नयाँ भवनमा ४२ जना बिरामी राखिएको छ । डा. केसीका अनुसार पुरानो भवनमा भएकामध्ये केहीलाई प्लान्टबाटै अक्सिजन दिइएको छ ।

नेपालगञ्जमा पनि अक्सिजनको आक्रान्त अवस्था भएकाले कर्णालीमा आउने अक्सिजन घटेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् ।

३६ घण्टापछि आउँछ अक्सिजन भर्ने पालो

प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै दैनिक ३०० सिलिण्डर अक्सिजन आवश्यक पर्छ । तर, वीरेन्द्रनगरका लागी १३० सिलिण्डर मात्रै कोटा निर्धारण गरिएको सप्लायर्स पवनपुत्र ट्रेडर्सका सञ्चालक हरि बिसीले बताए ।

बाँके जिल्ला प्रशासन कार्यालयले पनि सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डर भर्न नदिएको सप्लायर्स कम्पनीहरु बताउँछन् ।

शुक्रबार, बैशाख ३१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957