भक्तबहादुर पाउदैं नेत्र ज्योती, भगवान बने डा. रुइत

सुर्खेत । आर्थिक अभावमा एक सातादेखि घरमै थलिएका आँखा रोगी बराहताल गाउँपालिका ८ का भक्तबहादुर कामीको उपचार डा. सन्दुक रूइतले गरिदिने भएका छन् । आर्थिक अवस्था नाजुक भएकाले उनको उपचारका लागि परिवारका सदस्यहरुले सहयोगको याचना गरेको समाचार सञ्चार माध्यममा आएपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रूइतले उपचार निःशुल्क गर्ने भएका हुन् । डा. […]

दैनिक १ हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

सुर्खेत ।  कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको समिति वैठकले कोभिड १९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने लगायतको माग सहितको निर्देशन दिईएको […]

बेड भएपनि बिरामी राख्न नसक्ने अवस्थामा पुग्यो कर्णाली अस्पताल

सुर्खेत । कर्णाली प्रदेश कोभिड अस्पतालले यतिखेर बेड हुँदाहुँदै पनि थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो । निर्देशक खड्काका अनुसार अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । तर, केही दिनअघिसम्म २०० […]

स्थानीयको ख्याल ठट्टामा प्रशासनको कडाई, सुर्खेतमा थपियो दुई हप्ता लकडाउन

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने तयारी गरेको छ । बढ्दो कोभिड १९ को स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् । यसअघि लागु भएको कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन […]

चितुवाको छालासहित एक युवक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका ३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ […]

कर्णालीमा मन्त्रीपरिषद् परिवर्तन, माओवादीका तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् परिवर्तन गरेका छन् । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीले राजिनामा दिएपछि माओवादी केन्द्रका तीन जनालाई मन्त्रीलाई नियुक्त गएिको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला […]

कोभिड शंकास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

सुर्खेत । कोभिड १९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका […]

गणेशजलको कोभिड विशेष सेवा हप्तामा तीन दिन

सुर्खेत । गणेशजल बहुउद्देशिय सहकारी संस्था लिमिटेड सुर्खेतले कोभिड विशेष तीन दिने सेवा दिने भएको छ । सुर्खेतका विभिन्न ठाउबाट सेवा दिंदै आएको संस्थाले देशमा दोस्रो चरणको कोरोना भाईरस व्यापक रुपमा फैलिएको बेला निषेधाज्ञामा न्यूनतम कर्मचारी राखेर सेवा दिने जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै हप्ताको तीन दिन सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले […]

खैरो हेरोइन सहित २ जना पक्राउ

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका २ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । […]

कर्णालीमा १२० स्वास्थ्यकर्मी थप, पाँच दिनभित्र हाजिर हुन निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिक तर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छरछ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१