सुर्खेत । प्रेस सेन्टर नेपाल सुर्खेतको पाँचौं जिल्ला सम्मेलन शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ । सम्मलेनबाट पत्रकार टेकेन्द्र बिस्वकर्मा रसाइलीकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएकाे छ । जसकाे उपाध्यक्षमा हृदय रिमाल र पशुपता थापा, सचिव यज्ञ खत्री, सहसचिव खिम बुढा र कमला भारती, कोषाध्यक्ष गीता कटुवाल चयन भएका छन् ।

सम्मेलनलाई सम्बाेधन गर्दैं कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले माओवादी राजनीतिमा प्रेस सेन्टर नेपालको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । जनयुद्धदेखि यहाँसम्म आइपुग्दा प्रेस सेन्टरको भूमिका उल्लेखनीय भएको बताउँदै उनले अब आर्थिक र समाजवादको आधार तयार गर्ने नीतिलाई कसरी भविष्य सुनिश्चित गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताइन् ।

मन्त्री नेपालीले पत्रकारहरूका लागि कल्याणकारी कोष खडा गरेको खण्डमा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको पनि बताइन् ।

शनिबार, कार्तिक १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४