सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार बिहान १० बजेतिर वडा कार्यालयमा आगजनी गरिएको हो । सेवाग्राहीले वडा अध्यक्ष कार्यालय समयमा नआएको भन्दै आगजनी गरेका हुन् ।

कसले आगजनी गरेको भन्ने खुलेको छैन । वडा अध्यक्ष गंगाराम सुनारका अनुसार आगजनी गर्नेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको छ ।

उनका अनुसार वडा अध्यक्षको कार्यकक्षका कुर्ची, टेबुल, सोफालगायत सबै सामान र कागजात जलेका छन् । राजश्व फाँट र कम्प्युटर कक्षका विद्युतीय तार काम नलाग्ने गरी जलेको उनले जानकारी दिए ।

वडाध्यक्ष सुनारका अनुसार महिला वडा सदस्य बुद्धिसरा सुनार कार्यवाहक वडा अध्यक्ष छन् । आफूले नै गर्नुपर्ने काम भए पनि केही समय कुर्न भनेको उनले बताए ।

बुधबार, आश्विन ०६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957