काठमाडौं, असार १८ । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ ।

कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो ।

 

स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन गर्न पठायो । त्यसपछि बाख्राहरुलाई क्वारेन्टिनमा राखिएको हो । यद्यपि विशेषज्ञहरुले पशुमा कोरोना संक्रमण नहुने बताउँदै आएका छन् ।

कर्नाटकका पशुचिकित्सा विभागका सचिव पी मणिवन्ननले गाउँलेमा डर नहोस् भनेर बाख्रालाई क्वारेन्टिनमा राखेको बताएका छन् । विशेषज्ञहरुले जनावरमा कोरोना भाइरसले असर गर्दैन भने पनि आफुले कुनै पनि कुरालाई हल्का रुपमा नलिने भन्दै नमूनाको रिपोर्ट नआउन्जेल बाख्राहरु क्वारेन्टिनमै रहने सचिव पीले बताए ।

कतिपयले भने जनावरबाट मानिसमा कोरोना संक्रमण नफैलिने जानकारी हुँदाहुँदै सरकारी अधिकारीहरुले गाउँलेहरुलाई गलत तरिकाले खुसी पार्न खोजेको भन्दै आलोचना गरेका छन् । उनीहरुले बाख्राहरुको मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गर्न भनेका छन् ।

कर्नाटकका पशुचिकित्सा विभागका सचिव पी मणिवन्ननले भने दक्षिण–पश्चिम भारतका बाँदरमा हुने कायसानुर फरेस्ट डिजिज (केएफडी) को उदाहरण दिँदै यस्तो बिमार बाँदरका साथै मानिसमा पनि हुने भन्दै सम्भावना चाहे ०.१ प्रतिशत नै किन नहोस लापरवाही नगर्ने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला…………..

https://youtu.be/83XRyoCWVlk

बिहिबार, आषाढ १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४