काठमाण्डौं, असार १४ । पतञ्जलि योगपीठका आयुर्वेदाचार्य र पतञ्जलि कारोबारका कार्यकारी प्रमुख आचार्य बालकृष्णले सबैभन्दा पहिले ११ जुन २०२० मा एक पत्रकार सम्मेलन गरे । जसमा पतञ्जलिले कोरोनाको औषधि बनाएको दाबी गरिएको थियो ।

उक्त औषधिबाट शतप्रतिशत नतिजा हासिल भएको समेत बताइएको थियो । अर्थात् जति कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधि परीक्षण गरिएको थियो, उनीहरू निको भए । त्यति मात्र होइन, आचार्य बालकृष्णले भनेका थिए, ८० प्रतिशत संक्रमित त केवल पाँचदेखि ६ दिनभित्रै निको भए । कतिपयलाई भने उक्त औषधिले निको हुन १२ देखि १४ दिन लाग्यो । यद्यपि धेरैमा १४ दिनभित्रमा उक्त औषधिले राम्ररी काम गर्‍यो । उनको दाबी थियो, पतञ्जलिको औषधि कोरोना संक्रमणविरुद्ध शतप्रतिशत सफल रह्यो ।

उक्त सम्मेलनमा आयार्च बालकृष्णले के पनि घोषणा गरे भने आगमी ४–५ दिनमा अर्थात १५ १६ जुन २०२० सम्म हामी यस औषधिका लागि गरिएको व्यापक शोधको क्लिनिकल कन्ट्रोल डाटा विश्वसामु उजागर गर्नेछौं ।

तर क्लिनिकल कन्ट्रोल डाटा वा क्लिनिकल ट्रायल डाटा त दाबी गरिए झैं पेश गरिएन । तर २३ जुन २०२० मा योगगुरु बाबा रामदेवले केही वैज्ञानिक र आफ्ना सहयोगीका साथ हरिद्वारमा पत्रकार सम्मेलन गर्दै ‘कोरोनाको औषधि’ सार्वजनिक गरे । यसको नाम कोरोनिल हो । दिव्य कोरोनिल ट्याब्लेट ।

बाबा रामदेवले पनि पत्रकार सम्मेलनमा आचार्य बालकृष्णले झैं भने, ‘हामीले यो औषधि तयार गर्नुअघि क्लिनिकल कन्ट्रोल स्टडी गर्‍यौं । साथै, सय जना व्यक्तिमाथि परीक्षण गरियो, जसमा कोरोना पोजेटिभ देखिएका ६५ प्रतिशत रोगीको पाँच दिनमै रिपोर्ट नेगेटिभ आयो । त्यति मात्र होइन, त्यसपछिका सात दिनमा सबै सय प्रतिशत रोगी पूर्ण रुपमा निको भए ।’ बाबा रामदेवको दाबीअनुसार औषधिले शत प्रतिशत राम्रो नतिजा दिएको छ । पतञ्जलिको दाबीअनुसार उनको यो शोध र परीक्षण जयपुरको नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसद्वारा गरिएको हो ।

तर उक्त औषधि सार्वजनिक गरिएको २४ घण्टा बित्न नपाउँदै भारत सरकारले उक्त औषधिको विज्ञापनमा बन्देज लगाइदियो । यता आचार्य बालकृष्णले ट्विट गर्दै औषधिको विश्वसनियताबारे स्पष्ट पारे । उनले सम्बन्धित निकायमा आवश्यक कागजात समेत पठाइदिएको जानकारी गराए । जबकि पतञ्जलीलाई यस किसिमको औषधि बनाउनका लागि कुनै अनुमति नदिइएको बताइन्छ । भारत सरकारले पतञ्जलिलाई इम्युनिटी बुस्टरको औषधि बनाउने इजाजत मात्र दिइएको थियो । जुन ज्वरो र रुघाको औषधि हो । कोरोलिन ट्याब्लेट बनाउनका लागि कुनै इजाजत दिइएको छैन ।

यसरी पतञ्जललिले कोरोनाविरुद्धको भनी ल्याएको औषधि विवादित बन्यो 

बाबा रामदेव र आचार्य बालकृष्णले हचुवाकै भरमा उक्त औषधिको विश्वसनीयताबारे जसरी दाबी गरेका थिए, के त्यो झूट थियो ? यदि औषधि उनीहरूले भनेजस्तै प्रभावकारी थियो भने त्यसलाई कानुनी अड्चन लगाएर रोकिन्थ्यो होला ?

विश्वका वैज्ञानिकहरू अहिले कोरोना भाइरसविरुद्धको औषधि एवं खोप पत्ता लगाउनेबारे अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । यसको ठोस उपलब्धि भने अहिलेसम्म हासिल भएको छैन । यस्तो पृष्ठभूमिमा पतञ्जलिले कोरोनाविरुद्ध जसरी औषधि सार्वजनिक गर्‍यो, त्यसले उनको विश्वसनीयतामा अरू प्रश्न उठाइदिएको छ ।

त्यसो त पतञ्जलिको उत्पादनहरूप्रति औंला ठड्याउनेहरूको जमात पनि सानो छैन । पतञ्जलिलाई झूट सावित गर्नका लागि उनीहरूले अरू मौका पाउनेछन् ।

अहिले पतञ्जलि योगपीठका अनुसार जनवरी २०२० मा उक्त औषधिको शोध सुरु गरिएको थियो । करिब १५५० जडीबुटीको दिनरात अध्ययन गरेर यस औषधि तयार गर्न सफल भएको थियो । पतञ्जलिका १४ जना वैज्ञानिकको टोली विश्वका अन्य ती वैज्ञानिकसँग सम्पर्कमा थिए, जो कोरोना भाइरसविरुद्धको औषधि बनाउने काममा लागेका थिए ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957