कञ्चनपुर । वेदकोट नगरपालिका कञ्चनपुरमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो ।

५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

भीमदत्त नगरपालिका ६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन् । उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो ।

दोस्रो लहरको कोरोना महामारीमा जिल्लामा ज्यान गुमाउने उनी पहिलो सरकारी कर्मचारी हुन् । गत वर्ष पनि पहिलो चरणको महामारीमा पनि वेदकोटको शिक्षा शाखाका विद्यालय निरीक्षक शंकरदत्त भट्टको ज्यान गएको थियो ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष देवदत्त जोशीले अनमी कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले घर परिवारमा समवेदना दिएर कार्कीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताएका छन् । उनी कर्मचारी संगठनका सदस्य प्रेमसिंह कार्कीकी पत्नी हुन् । बेदकोट नगरपालिकाले बिहीबार नगरपालिकामा कार्कीको निधनमा शोक बिदा दिएको छ ।

बिहिबार, जेठ १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४