ज्वाला अपडेट

४ वर्ष अगाडि

नेपालमा प्राय युवतीहरुले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानीपुरी’। ‘पानीपुरी’ को स्वाद चाख्‍न विशेष गरी सडकमा युवतीहरुको लाइन नै लाग्‍ने गर्छ, त्यसमा युवाहरुको पनि कमी हुँदैन । ‘पानीपुरी’ नेपालमा मात्र होइन, साऊथ एसियामै अत्याधिक रुचाईएको खानेकुरा हो। यसको टेस्ट विश्‍वभर नै रुचाइन्छ ।

पानीपुरी कहाँबाट आयो ?

पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो । यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्‍ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्‍ने गरिन्छ । सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो ।

चिज एउटै, नाम फरक

पानीपुरी चर्चित हुँदै गएपछि विश्‍वभर यसलाई फरकफरक नामाकरण पनि हुनपुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कही ठाउँमा पानीपतासेको नामबाट । कतै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिचिन्छ भने कहीँ वादिस्ट चाट व्‍यञ्जनको नामबाट चिनिन्छ । पानीपुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै खाउ खाऊ लाग्ने बानीको विकास समेत गरिदिन्छ ।

पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ । एक अनुसन्धानले पानीपुरी पुरै क्यालोरी फूड भएको बताइएको छ । यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्यालोरी हुने गर्छ। तर, मानिसहरु एकै पटक धेरै खाएर शरीरलाई अस्वस्थ बनाइरहेका हुन्छन् । किनकी यो एक प्रकारको जंक फूड पनि हो ।

बुधबार, बैशाख २२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं : 336933/80/081

हाम्रो टीम

प्रकाशक : सेतु फ्लिमस् एण्ड टेलिभिजन नेटवर्क प्रा.लि
प्रबन्धक : राजेश कुमाल ९७६५८०२०८९
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957