कञ्चनपुर । वेदकोट नगरपालिका कञ्चनपुरमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधवार राति ज्यान गएको हो ।

५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

भीमदत्त नगरपालिका ६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन् । उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो ।

दोस्रो लहरको कोरोना महामारीमा जिल्लामा ज्यान गुमाउने उनी पहिलो सरकारी कर्मचारी हुन् । गत वर्ष पनि पहिलो चरणको महामारीमा पनि वेदकोटको शिक्षा शाखाका विद्यालय निरीक्षक शंकरदत्त भट्टको ज्यान गएको थियो ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष देवदत्त जोशीले अनमी कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले घर परिवारमा समवेदना दिएर कार्कीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताएका छन् । उनी कर्मचारी संगठनका सदस्य प्रेमसिंह कार्कीकी पत्नी हुन् । बेदकोट नगरपालिकाले बिहीबार नगरपालिकामा कार्कीको निधनमा शोक बिदा दिएको छ ।

बिहिबार, जेठ १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१