ज्वाला अपडेट

५ वर्ष अगाडि

काठमाण्डौ। लघु चलचित्र ‘झड्केलो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । किरण नेपालीले बनाएको यो चलचित्र ४५ मिनट लामो रहेको बताइएको छ ।

नेपाली समाजमा बच्चा सहित महिलाले दोश्रो बिवाह गर्दा पहिलो श्रीमान तर्फको सन्तानलाई ‘झड्केलो’ भन्ने गरिन्छ । यहि कथामा आधारित रहेर यो चलचित्र बनाईएको निर्माता नेपालीले बताए । यो चलचित्र विभिन्न चलचित्र महोत्सवहरुमा देखाईने तथा विभिन्न डिजिटल प्लाटफर्म मार्फत शुल्क तिरेर हेर्न सकिने बताईएको छ । लकडाउन पनि चलचित्र विभिन्न माध्यममा उपलब्ध हुने नेपालीले बताए ।

यस चलचित्रको मुख्य भूमिकामा प्रसान्त भण्डारी रहेका छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको ‘झड्केलो’मा प्रसान्तका अलावा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, अर्जुन गुरुङ, नविन रेग्मी, सतिश खत्री, दामोदर खतिवडा, सानिया खान, संगीता नापित, प्रिया रिजाल र हिवाला गौतम लगायतको अभिनय रहेको छ ।

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957