सुर्खेत । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको आगमन संगै बजारमा धमाधम तिज गितका भिडियोहरु सार्वजनिक भैरहेका छन ।

यस्तै कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट पनि यो बर्ष धेरै सर्जकहरुले तिज गितका भिडियोहरु सार्वजनिक गरेका छन । ती सर्जकहरु मध्ये बालकृष्ण सुनारको पनि पहिलो तिजको गित आज मात्रै सार्वजनिक भएको छ ।

सर्जक सुनार ले यसभन्दा अगाडि पनि राष्ट्र,राष्ट्रियता, जन जिवन र जनजिविका,सामाजिक विभेदका सवालहरुमा थुप्रै आफ्ना रचनाहरु बाहिर ल्याउनु भएको छ । कला,साहित्य र संस्कृतिमा विशेष रुचि राख्ने सुनारको यो तिजको गित मार्फत हाम्रो समाजमा महिलाहरुले भोगिरहेको सामन्ती संस्कारबाट सिर्जित समस्या,महिला पुरुषका विचको असमानता,समाजिक कार्यहरुमा महिलाको अग्रसरता र राष्ट्रिय भावना जागृत गर्ने उदेश्य रहेको सर्जक बालकृष्ण सुनारले बताएका छन ।

सर्जक बालकृष्ण सुनारको शव्द,संगित रहेको यो गितमा संन्ध्या परियारको स्वर,अशोक कुमार बस्नेतको एरेन्ज,भिडियोको छायांकन तथा सम्पादन अकबर खानले गरेका छन भने भिडियोको कोरियो ग्राफि तथा निर्देशन मौशम बरालले गरेका छन ।

यो गितमा अभिनय लक्ष्मि गिरि,सन्ध्या परियार र पवित्रा सुनारको रहेको छ ।

पुरा भिडियो हेर्नका लागि यता क्लिक गर्नुहोला……………

सोमबार, साउन २१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४