
काठमाडौं । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये […]
नव वर्षको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उत्साहजनक युवाहरुको सहभागिताबीच जाजरकोटमा औपचारिक रूपमा “जाजरकोट युवा सञ्जाल” गठन गरिएको छ । सामूहिक सल्लाह, सहमति र सक्रिय बहसपछि युवाहरुले जिल्लाको विकास र सुशासनमा योगदान पुर्याउने उद्देश्यसहित सञ्जाल स्थापना गरेका हुन् । नवगठित सञ्जालको अध्यक्षमा कमल सिंह चयन भएका छन् भने उपाध्यक्षद्वयमा दिपक खत्री र […]
सुर्खेत । परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दैलेखका एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी फरार रहेका दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा बसोबास गर्दै आएका २२ वर्षीय पवन […]
रुकुम पश्चिम । जिम्मेवार निकायको लापरबाही तथा वेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङग हुन्छ भन्ने गतिलो उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरीनदिको पुल । रुकुम पश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन […]
सुर्खेत । नयाँ शैक्षिक सत्र २०८३ का लागि रुकुम पश्चिममा किताब आईपुगेका छन् । जनक शिक्षा सामाग्री केन्द्रबाट अनुमति प्राप्त व्यवसायीहरुले जिल्लाका विभिन्न विद्यालयहरुको लागि किताब खरिद गरेर ल्याएका हुन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमका अध्यक्ष एवम् अमर स्टेशनरी एवम् सप्लायर्सका सञ्चालक कर्णबहादुर ओलीले नयाँ शैक्षिक सत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याईसकिएको […]
दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका २ बरहाखुट्टी निवासी स्मित प्रधानको शव शुक्रबार दिउँसो गोपीनाला नजिकै खोलाको सुक्खा बगरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका १ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर […]
सुर्खेतमा सार्वजनिक सवारी सञ्चालन ठप्प पार्ने चेतावनीसहित यातायात व्यवसायी आन्दोलित भएका छन् । राताे नम्बर प्लेटका सवारीसाधन माथि कडाइ नगरी उल्टै सार्वजनिक सवारी साधन र मजदुरमाथि प्रहरीले धरपकड गरेको आरोप लगाउँदै भोली शक्रवार देखि जिल्लाभर यातायात सेवा बन्द गर्ने घोषणा गरिएको हो । जिल्लामा सञ्चालनमा रहेका १३ वटा यातायात प्रा.लिहरूले संयुक्त रूपमा निर्णय गर्दै प्रहरीको […]
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भु–सेवा […]
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ट्राफिक चेकजाँचमा २७ सवारी साधन कारवाहीमा परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमख प्रहरी उपरिक्षक एसपी मुकुन्द्र प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक राेहित कुमार शाहीकाे नेतृत्वमा खटिएकाे १५ जनाकाे प्रहरी टाेलीले रत्न राजमार्ग अन्तर्गतकाे वीरेन्द्रनगर ११ पिपिरा सडक खण्डमा ‘रडार गन’ (Radar […]
दैलेख । दैलेखमा भएको ईभी हाइस दुर्घटनामा घाइते भएकी ३६ वर्षीया संगीता राना मगरको उपचारको क्रममा निधन भएको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको पुष्टि भएको हो । यसअघि गुराँस गाउँपालिका ४ रिठा नजिक भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको ईभी हाइस ब्रेक फेल […]