सुर्खेत । सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजना अन्र्तगतको सार्वजनिक सुनुवाई कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।
सशक्त महिला समृद्ध नेपाल अन्र्तगत टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा कार्यक्रम शुक्रवार वीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा सुरक्षा जालोका ५१ जनाको सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा टोल वस्ती स्तरका योजना तजुमा प्रक्रियामा सामुदायिक सुरक्षा जालोका सदस्यहरुलाई समावेश गराउने, महिला लक्षित रकम शिपमुलक तालिम संचालनगरी सामुदायिक सुरक्षा जालोका सदस्यलाई सहभागि गराउने, एकद्धार सकट व्यवस्थापन प्रणाली र लैगिक हिसा निवारण कोषवाट उपलब्ध गराउने सेवा प्रवाहका बारेमा टोल विकास संस्थामा जानकारी गराउने, लागु औषध दुव्यसनि न्युनिकरण गर्न वडाका युवालाई जनचेतनामुलक कार्यक्रम संचालन गर्न जस्ता प्रतिवद्धता गरएिको महिला शसक्तिकरण मञ्च नेपालको कार्यकारी निर्देशक लक्ष्मी जि.सीले ज्वाला अपडेटलाई जानकारी दिईन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष चुडामणि चपाई, कार्यपालिका सदस्य विधायन समिति संयोजक यामुना नेपाली, नेपाल वार यसोसिसनका सचिब अधिवक्ता खगेन्द्र खनाल, कर्णाली ईन्देणि संस्थाको अध्यक्ष लैगिक तथा यौनिक अल्पसंख्यक अन्जली वि.सी, सि.एम.सी मिना गौतम र महिला शसक्तिकरण मञ्च नेपालको कार्यकारी निर्देशक लक्ष्मी जि.सी वत्ताको रुपमाा रहेका थिए ।
गैर सरकारी सस्था महासघका कर्णाली प्रदेशको कोषाध्यक्ष सिपि शर्माले सहजिकरण गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा UN WOMEN का प्रतिनिधी धिरेन्द्र महत अन्जना बैद्य र टेवावाट राधिका परियारको पनि सहभागिता रहेको थियो ।
शुक्रबार, बैशाख ११, २०८३मा प्रकाशित गरिएको




