सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले मंगलबार तीन निर्णय गरेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट सवारी तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियमावली कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

उक्त नियमावली लागु भएसँगै प्रदेशभित्र सवारी सञ्चालन, व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी र व्यवस्थित हुने विश्वास गरिएको कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

प्रवक्ता शाहका अनुसार, कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि बैठकबाट भएको छ ।

त्यस्तै जाजरकोट वडावन–सानाखोला सडकलाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

मंगलबार, बैशाख ०८, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१