काठमाडौं । संघीय संसद्अन्तर्गतका २ वटा समितिको बैठक बुधबार बस्दैछ। कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । बिहान साढे ११ बजे सिहंदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितीको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग […]
बाँके । बाँकेको कोहलपुर नगरपालिका ३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व – पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा घाइते भएका हुन् । घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका ७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका ४ बस्ने […]
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रको सालिक राख्ने तयारी परेपछि विवाद भएको […]
काठमाण्डौ । पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ । यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । सिसि क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितोकर्जाको जोखिमभार घटाएको छ । यसअघि १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भारलाई कम गर्दै केन्द्रीय बैङ्कले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो । ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार […]
काठमाडौं । काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन । समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए । आलु […]
काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको बताउदै उनले सरकार जिम्मेवारीका […]
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप – २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) जानुभएको छ । नेपाल एअरलाइन्सको नियमित उडानबाट उनि नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको […]
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका हुन् । पछिल्लो समय सामाजिक […]