काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धारणा राखेको बताए। उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेको र त्यो फरक मत नरहेको बताए ।

उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताए । उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो । उनले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रहसमेत गरे ।

उनले पार्टी अब नफुट्ने पनि दाबी गरे । उनले उपमहासचिव शर्माले उठाएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताए । अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने बताए । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने बताए ।

शनिबार, भाद्र ०१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957