
दैलेख दुल्लु नगरपालिका १० गमौडीका ३० वर्षिय गोविन्द बिश्वकर्मा अहिले सुर्खेतमा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । विद्यालय अध्ययनमा सरकारी जागिरे बन्ने सपना बोकेका उनि पत्रकार बन्न पुगे । कक्षा दशको परीक्षा एसएलसि दिइसकेपछि गाउँ छाडेर सदरमुकाम दैलेख बजार कम्प्यूटर अध्ययन गर्न भनेर हिडेका उनले केहि समय पत्रीकाको हकर (पत्रीका वितरण गर्ने) काम गरे । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको बिहान १० बजे बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको जनाकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित […]
काठमाडौं । त्रिशूली नदीमा गत आठ वर्षमा पूर्व गृहमन्त्रीसहित ५५ यात्रु हराएका छन् । नारायणगढ(मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् । ती सवारीसाधनमा सवार पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे सहित ५५ यात्रु भेटिएका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आथिर्क वर्ष २०७३/७४ मा […]
वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको पनि अहम् भूमिका हुन्छ । तर उमेर ढल्किंदै जाँदा शरीरमा आउने परिवर्तनले यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । जसको असर मानसिक र शारीरिक सम्बन्ध दुवैमा पर्छ । महिलामा यौनलाई लिएर परिवर्तन आउने कारणमध्ये एक हुनसक्छ, फिमेल सेक्सुअल अराउजल डिसअर्डर । के हो ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ ? महिलामा यौनको […]
भनिन्छ, राम्रो स्वास्थ्यका लागि खाना र व्यायाम जत्तिकै आराम पनि आवश्यक हुन्छ । मान्छे अधिकांश समय क्रियाशील हुन्छ, कडा मेहनत गरिरहेको हुन्छ । यसरी क्रियाशील हुँदा प्रतिमिनेट हजारौंको संख्यामा कोषिकाहरु नष्ट हुन्छन् । दिनभरि काम गर्दा लाखौंको संख्यामा कोषिका नष्ट हुन्छ । कोषिका नष्ट हुनेसँगै थोरै मात्रामा निर्माण पनि हुन्छ तर धेरै ऊर्जा काममा खर्च […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०८० ल्याउन लागेको छ । विधेयक पारित भएपछि ऐनको रुपमा लागू हुनेछ । यसअघि कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्त्यतिर प्रदेशसभा सचिवालयमा उक्त विधेयक दर्ता भएको थियो । त्यतिबेला थप प्रकृया अघि नबढेपछि निस्क्रिए भएको उक्त विधेयक सरकारले पुन […]
सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्तीमा पानीले हाहाकार भएको छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ । पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका ३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । सार्वजनिक नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका […]
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय […]
सुर्खेत । सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई सुर्खेतका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ । मापसे गरी सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार कारबाही गर्दै बुधबारदेखि ट्राफिक स्वयंमसेवकका रुपमा खटाउन सुरु गरिएको हो । कारबाहीमा परेका चालकहरुलाई एक घण्टा स्वयंसेवकको रुपमा खटाईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी […]