दैलेख दुल्लु नगरपालिका १० गमौडीका ३० वर्षिय गोविन्द बिश्वकर्मा अहिले सुर्खेतमा सुनचाँदी व्यवसाय गरेर बसेका छन् । विद्यालय अध्ययनमा सरकारी जागिरे बन्ने सपना बोकेका उनि पत्रकार बन्न पुगे ।

कक्षा दशको परीक्षा एसएलसि दिइसकेपछि गाउँ छाडेर सदरमुकाम दैलेख बजार कम्प्यूटर अध्ययन गर्न भनेर हिडेका उनले केहि समय पत्रीकाको हकर (पत्रीका वितरण गर्ने) काम गरे । विस्तारै स्थानिय सामुदायिक रेडियो ध्रुवतारा एफ. एम ८९.८ मा प्रविधि क्षेत्रमा काम सिक्न सुरु गरे ।

केहि महिना सव्यमसेवकका रुपमा काम गरेपछि समाचार लेखन तथा वाचन र कार्यक्रम सञ्चालन तर्फ पनि लगाव बढाए । रेडियोमा बोल्ने मान्छे कस्ता होलान्, कसरी बोल्छन् होल, सानो आकारको रेडियोमा कसरी मान्छे अटाएर बोल्छन् होला भन्ने जिज्ञासा राख्ने बिश्वकर्मा अन्तत कुशल कार्यक्रम प्रस्तोता र समाचार वाचक पनि बने ।

२०६९ सालमा सुरु गरेको पत्रकारीताले २०७२ सालसम्म दैलेखमा समय व्यतित गर्यो । त्यसपसिछ उनि प्रदेश राजधानी सुर्खेत झरे । सुर्खेतमा कुनै कामको सम्भावना थिएन सिकेको अरु सिप पनि थिएन र स्थानिय सामुदायिक रेडियो जागरण एफ. एम ९०.८ मा काम सुरु गर्न थाले ।

पत्रकारीता पेशा, न्यून पारिश्रमिक साथै पारिवारीक चुनौतीका कारण उनको समस्या झन् थपिदैं गयो र विकल्पमा पत्रकारीताबाट बिदा लिएर ठुलो सपना बोकेर उनि प्रदेश लाग्ने निर्णय गरे र भारतको गुजरात पुगे । गुजरातको जुनागढमा रहेको होटल कृष्णामा २ महिना वेटर काम गरे तर उनको मनले मानेन त्यो काम गर्न । लगत्तै नेपाल फर्किने निर्णय गरे र फर्किए पनि ।

नेपाल त फर्किए गर्ने काम र उपयुक्त सिप केहि थिएन झन् चुनौती थपियो नै । जहाँ समस्या त्यहि उपाय भन्ने उखान सहि रहेछ । उनले स्थानिय वीरेन्द्रनगर ६ तल्लो बजारमा रहेको न्यू दैलेखी सुनचाँदी पसलमा काम सिक्नका लगि भनेर स्थान पाए । केहि बर्ष त्यहाँ काम सिकेपछि उनले वीरेन्द्रनगर ११ पिपिराचोकमा आफ्नै सुनचाँदी पसल दैलेखी अनमोल ज्वैलर्स सञ्चालनमा ल्याए ।

आर्थिक अबस्था कमजोर त थियो नै त्यसमाथी पनि कोरोना लहर लकडाउनको मौका नै त्यहि बेला थियो । व्यापार सोचे जस्तो भनेजस्तो पनि थिएन । त्यसका बावजुत पनि उनले हिम्मत हारेनन् लगातार प्रयासरत रहे । २ वर्ष जति पिपिराचोकमा रहेर हाल वीरेन्द्रनगर ६ तल्लो बजार पुरानो राष्ट्रिय वाणिज्य बैंक नजिक हालको मुक्तिनाथ विकास बैंक नजिक दैलेखी अनमोल ज्र्वलर्सका नाममा व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

स्वदेशमा रोजगारीको सम्भावना छैन भनेर विदेश लम्किनेहरुका लागि उनि गतिलो उदाहरण बनेका छन् । विदेशमा जस्तो दुःख नेपाल मैं गरे राम्रो पैसा कमाउन सकिन्छ भन्ने बिश्वकर्मा नेपालमा पनि गर्दा हुने रहेछ भन्ने उदाहरण बनेका छन् ।

शुक्रबार, साउन २५, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957