सुर्खेत । नेपाली बजारमा आज शुक्रवार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ आज १ लाख ६२ हजार २ सय रुपैयाँ तोला पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आईतवार सुन प्रतितोला १ लाख ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

किन बढेको बढ्यै छ सुनको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ बृद्धि हुने गर्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारण हुन्छ । सुनको मूल्य घटबढ हुनुमा नेपालको भूमिका रहन्न । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सन्दर्भ ब्याजदर घटाउने सझदारी गरेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्याधिक बढेको बताईएको छ ।

अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ । त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।

ब्याजदर घटेपछि प्रतिफल नपाउने भन्दै लगानीकर्ताहरूले उक्त रकम झिकेर अन्य ठाउँ जस्तै, वन मार्केट, सेयर मार्केटलगायतमा लगाउँछन् । तर पछिल्लो समय सेयर मार्केट ओझेलमा परेको छ र अन्य व्यवसायमा पनि लगानी सुरक्षित नहुने देखेर लगानीकर्ताहरू सुनमा बढी आकर्षित भएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले २०२४ को सुरुदेखि ब्याजदर घटाइरहेको कारण सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । माग बढेसँगै सुनको भाउ बढेको पनि बढेको छ ।

रिजर्भ करेन्सीको रूपमा डलरको पोजिसन खस्किनु, डलरको सट्टा सुनमा लगानी बढ्नु, विश्वका केन्द्रीय बैंकहरूले सुनको रिर्जभ बढाउन थाल्नु जस्ता कारणले गर्दा सुनको माग बढिरहेको छ ।

त्यस्तै, हाल सुनको भाउ बढ्नुमा हमास र इजरायल तथा युक्रेन र रुस युद्ध पनि हो ।

विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरूबिचको युद्ध टुङ्गोमा नपुग्दा अर्थतन्त्र प्रभावित भएको छ । यसले गर्दा पनि अन्य क्षेत्र लगानीका लागि असुरक्षित हुँदा सुनमा लगानी बढेको हो । त्यस्तै, विश्व बजारमा सुनको भाउ बढ्नुमा होम सेल बढी हुनु रहेको छ ।

अझै कति पुग्ला ?

सुनको भाउ अहिले नै घटिहाल्ने अवस्थामा छैन । पछिल्लो समयको घट्नाक्रम हेर्दा अझै मूल्य माथि जानसक्ने देखिन्छ । सन् २०२७ सम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ३ हजार डलर पुग्न सक्ने अन्तर्राष्ट्रिय अर्थविद्हरूको अनुमान रहेको छ ।

सन् २०२५ सम्म अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ सय डलर पुग्ने अनुमान छ । नेपाली बजारमा सुनचाँदी खरिद बिक्रीको सिजन सुरु भए पनि मूल्य आकाशिएपछि सुनको मूल्य नेपालीको क्रयशक्तिभन्दा माथि पुगेको कारण बजार सुनसान नै छ ।

शुक्रबार, आश्विन ११, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957