काठमाडौ, असार २४ । हरितालिका तीजलाई लक्षित गर्दै गायक दुर्गेश थापाले बजारमा ल्याएको गीत ‘बीच्चबीच्चमा २’ विवादमा तानिएको छ । एक वर्षअघि सार्वजनिक भएको ‘बीच्चबीच्चमा’ को सिक्वेल गीत ‘बीच्चबीच्चमा २’ को शब्द र संगीत विवादमा तानिएको हो ।

‘बीच्चबीच्चमा २’ माथि शब्द र संगीत चोरेको आरोप लागेको छ । लोककवि अली मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’ को अन्तरा हुबहु चोरेको उनीमाथि आरोप छ । मियाँको उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

गायक थापाले आफूले सानोमा गाउँघरमा हुदाँ उक्त गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेर नै प्रयोग नगरेको स्वीकार गरेका छन् । आफुले धेरै गीतहरु सिर्जना गरीसकेको र त्यतिका लागि चोर्नुपर्ने आवश्यक नभएको उनको स्पष्टिकरण छ । त्यस्तै गायक पशुपती शर्माको ‘कुरो आफैं बुझ मायाले’ गीतको संगीत गायक थापाको सो गीतको संगीतसँग मेल खान्छ ।

विवादकैबीच अहिले गायक थापा ‘बीच्चबीच्चमा ३’ को तयारीमा लागेका छन् । बेसारे नामक सो गीत छिटै बजारमा आउने उनले जानकारी दिए । गायक थापाको तिहार गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पनि विवादमा तानिएको थियो । सो गीतमा प्रयोग भएका केही शब्दमा आपत्ती जनाउँदै उनीमाथि उजुरी नै परेको थियो ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोला…………..

बुधबार, आषाढ २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१