ज्वाला अपडेट

३ वर्ष अगाडि

काठमाडौं । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित हो ।

लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो । ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए ।

सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाए । तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेले ।

कुशलले २२ बलमा ५ छक्कासहित ४० रनको योगदान गरे । सिद्धान्तले १० बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए । अमिर हम्जाले १२ रन जोडे ।

बलिङमा फारवेष्टका करण केसी, प्रकाश जैशी र उमाइर अलीले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको फारवेष्टले नवौं नम्बरमा ब्याटिङ गरेका राशिद खानको विष्फोटक ३२ रन सहयोगमा ९ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।

राशिदले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । मध्यक्रममा उमाइर अलीको २६ बलमा ४२ रन र ओपनर देव खनालको ३३ रनले फारवेष्ट बलियो योगफलमा पुगेको थियो ।

बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिएका थिए । अमिर हम्जा र तुल थापाले २–२ विकेट लिए ।

यो जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँचौं खेलमा चौथो हार ब्यहोरेको फारवेष्ट समान २ अंक भए पनि नेट रनरेटमा पछि पर्दै तालिकाको पुछारमा छ ।

शुक्रबार, पौष १५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४