काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो पटक उपाधि भित्राउने योजनामा छ ।

उपाधि रक्षा गर्ने लक्ष्यसहित ढाका पुगेको नेपाल सिंगल राउण्ड रोविनमा सबै पाँच खेल जित्दै १४ अंक जोडेर शीर्ष स्थानमा रह्यो । उज्वेकिस्तान भने चार खेल जित्दै ११ अंक जोडेर दोस्रो हुँदै फाइनल पुगेको हो ।

उज्वेकिस्तानले लिगमा नेपालसँग मात्र हार व्यहोरेको थियो । नेपाल र उज्वेकिस्तानले श्रीलंकालाई समान ३–२ को सेटमा हराएका थिए ।

पहिलो खेलमै श्रीलंकासँग खेलेको नेपालले तालमेल नमिल्दा सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ५ सेटको खेलमा ३–२ ले पराजित गरेको थियो । त्यसपछि भने नेपालले माल्दिभ्स, बंगलादेश, उज्वेकिस्तान र कीर्गिस्तानलाई सोझो सेटमा हरायो ।

पछिल्लो पटक सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई फाइनलमा हराएर अपराजित रहँदै उपाधि जित्दा कुनै सेट गुमाएको थिएन । यस पटक सुरुमै दबाबमा परे पनि त्यसपछि भने नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

मंगलबार, पौष १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४