काठमाण्डौ । भारतको उत्तर प्रदेशमा रहस्मय भाइरल ज्वरोको प्रकोप फैलिएको छ ।

उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् ।

ज्यान गुमाएकाहरुमा कोरोनाको संक्रमण नभएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिरामी बढ्दै गएपछि उत्तर प्रदेशका अस्पतालमा बेडको अभाव हुन थालेको छ । एउटै बेडमा दुई, तीन जना बिरामी राखेर उपचार गर्न थालिएको छ । भाइरल ज्वरोका बिरामीलाई निको हुन पनि १० देखि १२ दिन लाग्ने गरेको डाक्टरहरुले बताएका छन् ।

बिरामी बढ्दै गएपछि ग्रामीण क्षेत्रमा डाक्टरसहितको टोली परिचालन गरिएको छ ।

बुधबार, भाद्र १६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४