सुर्खेत, जेठ ७ । चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती र खगेन्द्र बि.कको अर्को जन्म पंक्षी बनि लिउला बजारमा आएको छ । किरण बावु पुनको लय शब्द रहेको यस गितको भिडियो सहित बजारमा आएको हो ।
अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ नभई भरखर मात्र बजारमा आएको लोकदोहोरी एल्बम अर्को जन्म पंक्षी बनी लिउला को हो ।

ज्वाला प्रोडक्सन नेपालको प्रस्तुतीमा बहुचर्चित गायिका देवी घर्ती र खगेन्द्र बि।कको सुमधुर स्वर, चर्चित लोकदोहोरी सर्जक किरणबावु पुनको लयरशब्द रहेको एल्बम पंक्षी बनी लिउला शुक्रबार हाइलाइट नेपालबाट बजारमा आएको छ ।

मानवको जन्ममा प्रेम जोडीलाई चुनौती, समस्या, बाधा, अड्चन धेरै हुने भएकाले पंक्षीको रुपमा खुल्ला आकाशमा रमाउन सकिने कथा समेटेको लोकदोहोरीमा निकै मिठो शब्द रहेको र निकै राम्रो गित बनेको गायक खगेन्द्र बि। कको भनाई छ ।

ज्वाला प्रोडक्सन नेपालको उत्पादन, गुञ्जन फिल्मस् एण्ड एड्भरटाईजिंको छाँयाकन सम्पादन रहेको गितको म्यूजिक भिडियोमा शिरीष श्रेष्ठ, निर्मला स्वर्णकार, बिक्रम बर्मा र गिता कटुवालको अभिनय रहेको छ । राजेश कुमाल र गोविन्द बिश्वकर्माले निर्देशन गरेको म्यूजिक भिडियोको कोरियोग्राफ मिलन खड्काले गरेका छन् । मोफसलमा पनि प्राविधिक कुराको अनुपल्धताका बावजुत पनि म्यूजिक भिडियोको काम राम्रो भएको निर्देशक कुमालले बताएका छन् ।

कर्णाली प्रदेशको पहिचान झल्काउने लोक झ्याउरे, देउडा, टप्पा लगायतका लोकसंस्कृती र पर्यटन प्रबर्धनमा प्रदेश सरकारले कदम चलाएमा अबश्य पनि सहजता आउने भन्दै निर्देशक कुमालले सुर्खेतबाटै भिडियो सम्बन्धि राम्रो र गुणस्तरीय उत्पादनका लागाी आफ्नो पहल रहने बताए

भिडियोका लागी यहाँ क्लिक गर्नुहोला…….

बुधबार, जेठ ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१