काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा तेस्रो स्थानको लेस्टर सिटी न्यूकासल युनाइटेडसँग ४-२ ले पराजित भएको छ । शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लेस्टरको अभियानमा यस हारले केही धक्का लागेको छ भने न्यूकासल जितपछि रेलिगेसनबाट सुरक्षित बनेको छ ।

लेस्टरलाई उसैको मैदानमा हराउन न्यूकासलका लागि कलमु विल्सनले दुई तथा जोसेफ विल्लक र पाउल डुमेटले एक-एक गोल गरे । लेस्टरका लागि मार्क अलब्रिङगटन र केलेची इहनाचोले गोल फर्काए ।

विल्लकले २२औं र डुमेटले ३४औं मिनेटमा गोल गरेपछि न्यूकासलले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो । कलुम विल्सनले ६४औं र ७३औं मिनेटमा गोल गर्दा न्यूकासलले ४-० को अग्रता बनायो । लेस्टरका अलब्रिङग्टनले ८० औं र इहनाचोले ८७ औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

हारपछि ३५ खेलबाट लेस्टरको ६३ अंक छ । लेस्टर चौथो स्थानको चेल्सी भन्दा २ र पाँचौ सथानको वेष्टहम भन्दा ५ अंकले अघि छ । जितपछि न्यूकासलले भने समान खेलबाट ३९ अंक जोड्दै १३औं स्थानमा उक्लेको छ ।

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४