काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा माघ १७ गतेसम्म चल्ने प्रतियोगिता ३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश रहेका छन् ।

समुह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूहमा सबैले एक अर्कोसँग खेले पछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

​यसैबिच राष्ट्रिय क्रिकेट टोलीका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले भने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सदस्य तीव्र गतिका बलर सोमपाल, करण र कुशल संयुक्त अरव इमिरेट्स यूएईमा हुने टि टेन लिग खेल्ने भएका कारण प्रधानमन्त्री कपका लागि उपलब्ध नहुने क्लबले जनाएको छ ।

शुक्रबार, माघ ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४