सुर्खेत । प्रहरी जवान संगीतत तर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोकसेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका ७ का तिलक विक, सोही ठाउँका दीपेन्द्र विक, गुराँस गाउँपालिका २ का रामबहादुर कार्की, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का याम पौडेल, दैलेखको चामुण्डाविन्द्रासैन नगरपालिका ५ का रमेश प्रसाद न्यौपाने, सुर्खेतका पञ्चपुरी नगरपालिका २ का उत्तम विसी, पञ्चपुरी नगरपालिका १ का रुद्र प्रसाद शर्मा रहेका छन् ।

यस्तै उनीहरुलाई नक्कली परीक्षार्थी बनाएर सहभागी गराउने पञ्चपुरी नगरपालिका २ का दीपक कँडेललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु ती नक्कली परीक्षार्थीहरुले दैलेखको भगवतीमाई गाउँपालिका ७ का कमल विक, चक्रराज विक, गुराँस गाउँपालिका २ का रण बहादुर रावल, जाजरकोटको भेरी नगरपालिका १० का धनबहादुर डाँगी, दैलेखको नारायण नगरपालिका ७ का चन्द्र बहादुर राना, सुर्खेतको पञ्चपुरी २ का यज्ञ विसी, बर्दीयाको राजापुुर नगरपालिका १० का अर्जुन सुनारको ठाउँमा परीक्षा दिन थालेका थिए ।

बिहिबार, मंसिर २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४