काठमाण्डौं, जेठ ७ । एप्पलको बहुप्रतिक्षित आइफोन १२ का विषयमा विगत केही हप्तादेखि विभिन्न खाले समाचारहरु सार्वजनिक भइरहेका छन् । यसैबीच, आगामी नयाँ आइफोनको डिस्प्लेका विषयमा नयाँ सूचना सार्वजनिक भएको छ । जसअनुसार, आइफोन १२ मा पनि एप्पलले सामसुङ कम्पनीले तयार गरेको डिस्प्ले प्रयोग गर्नेछ ।

डिस्प्ले सप्लाई चेन कन्सल्ट्यान्ट्स (डिएससीसी) ले प्रकाशित गरेको रिपोर्टअनुसार, यो वर्षको उत्तराद्र्धमा एप्पलले सार्वजनिक गर्ने नयाँ सिरिजका चार आइफोनमध्ये कम्तीमा ३ वटा आइफोनमा सामसुङको डिस्प्ले प्रयोग हुनेछ । यो वर्ष एप्पलले आइफोन १२, आइफोन १२ म्याक्स, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स बजारमा ल्याउने बताइएको छ ।

तीमध्ये आइफोन १२ मा ५.४ इन्चको फ्लेक्सिबल ओएलइडी डिस्प्ले हुनेछ । उक्त डिस्प्ले सामसुङको उत्पादन हो जसको रिजोलुसन २३४० गुणा १०८० पिक्सेल हुनेछ ।

त्यस्तै आइफोन १२ प्रो को स्क्रिन ६.१ इन्च रहनेछ । उक्त फ्लेक्सिबल ओएलईडी डिस्प्ले पनि सामसुङकै हुनेछ जुन १० बिट कलर क्षमताको हुनेछ । डिस्प्लेको यो क्षमता स्मार्टफोनमा अहिलेसम्मकै उच्च हुनेछ । यस डिस्प्लेको पिक्सेल क्षमता २५३२ गुणा ११७० पिक्सेल रहनेछ ।

नयाँ आइफोनमध्ये सबैभन्दा महँगो आइफोन हुनेछ आइफोन १२ प्रो म्याक्स । यो आइफोनमा पनि सामसुङकै डिस्प्ले प्रयोग हुनेछ । ६।६८ इन्चको सो स्क्रिनको रिजोलुसनचाहिँ २७७८ गुणा १२८४ पिक्सेल हुनेछ ।
एजेन्सी

बुधबार, जेठ ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४