ज्वाला अपडेट

४ वर्ष अगाडि

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।

टिकटकका अनुसार नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ ।

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् ।

बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४