सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ सोमबार बिहान ६ बजे देखि निषेधाज्ञा जारि गरेको छ।

जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको साउन ३२ गते बसेको बैठकले सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय गरिए अनुसार भदौ ५ गते राति १२ बजे सम्म का लागि लागु हुने गरि निषेधाज्ञा जारि गरिएको हो ।

बिरेन्द्रनगर नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछिको जोखिमलार्इ कम गर्न निषेधाज्ञा जारि गरिएको हो जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

यसैविच, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्ला भित्र प्रवेश गर्ने नाकाहरु बबई, कालिमाटी काल्चे र कुइनेबाट भित्रिने व्यक्तिहरुको ३ दिन भित्रको पिसिआर परिक्षण नेगेटिभ रिपोर्ट देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सोमबार, भाद्र ०१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957