सुर्खेत । वीरेन्द्रनगरमा तत्काल जग्गाको कित्ताकाट नखुल्ने भएको छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणमा कित्ताकाटले असर गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाले निर्णय गरी डेढ वर्षदेखि जग्गा कित्ताकाटमा रोक लगाई पछि अझै पनि कित्ताकाट नखुल्ने नपाले जनाएको छ । नगर उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले नेपाल सरकारले ताकेको मापदण्डअनुसार नै यसअघि कित्ताकाटको काम […]
दैलेख । स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालले आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सेवा सञ्चालन गरिएको हो । पाँच बेडको आईसीयू सेवा सञ्चालन भएसँगै जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज भएको छ । अस्पतालका प्रमुख डा। निरञ्जन पन्तका अनुसार दुई वटा भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईएको हो । सेवा सञ्चालन भएपछि […]
सुर्खेत । कर्णालीका किसानहरुका लागी ब्याज अनुदान कार्यक्रम शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा रहेर कृषि पेशामा लाग्ने र कर्णालीमै कृषि ब्यवसाय गर्न चाहने कृषकहरुका लागी कृषि ऋणमा ब्याज अनुदान सहुलियत दिन लागेको हो । मन्त्रालयले आइतवार वीरेन्द्रनगरमा कृषि ऋणमा ब्याज अनुदान सहुलियत सुुभारम्भ कार्यक्रम आयोजना […]
हुम्ला । हुम्लाको सर्केघाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका […]
सुर्खेत । सुर्खेतका सुनचाँदी ब्यवसायीहरुले सुर्खेत बाटै काचो सुन उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् । बिहिवार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउदै नेपाल राष्ट्र बैंक मार्फत सुर्खेतमा नै काचो सुन उपलब्ध गराउन र भारतिय नोटको सटहि काउन्टर सुर्खेतमा हुनुपर्ने माग राखेका हुन् । बिगतका दिनमा काठमाण्डौ गएर सुन ल्याएको अबस्था रहेको र अहिले […]
सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो । जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट […]
काठमाण्डौं । कोरोनाभाइरस कोभिड १९ सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेश्रो चरणको परीक्षण तत्कालै नहुने भएको छ । परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने भएपछि खोपको परिक्षण नहुने भएको हो । चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेश्रो […]
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा भएको परिक्षणबाट जुम्लाका २ र दैलेख अस्पतालमा गरिएको परिक्षणबाट १ जना गरी थप १४ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका […]
सुर्खेत । कोभिड १९ कोरोना भाईरसका सङ्क्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य […]
सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् । प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित […]