
कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ । काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने छ । मल्ल २०७४ सालमा नेपाली […]
काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले […]
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो । बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको […]
कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष भने सरकारबाट फिर्ता हुने मनस्थितिमा देखिएको छैन । यसैविच, वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । […]
काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रवक्तामा सीता नेपालीलाई जिम्मेवारी दिएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यसअघि प्रवक्ताको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई दिएको थियो । यसैविच, कर्णाली प्रदेश सरकार विपद् नियन्त्रण तथा प्रतिकार्यको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा पेश गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन २०७३ को दफा […]
काठमाडौं । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन् । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको खनालले बताएका हुन् । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले आफूहरूलाई धकेलेर बाहिर निकाल्न खोजेको आरोप लगाएका […]
काठमाडौं । कर्णाली प्रदेशका दुई अस्पताल सहित देशभर विभिन्न १२ वटा अस्पताललाई अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि थप ८ करोड १० लाख रुपैयाँ छुट्याएको छ । दैलेख अस्पताल र चौरजहारी अस्पताल रुकुम पश्चिम अस्पतालका लागि ७५ लाख रकम विनियोजन गरिएको अर्ग मन्त्रालयले जनाएको छ । स्वास्थ्य […]
सुर्खेत । आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री माननीय सिता कुमारी नेपालीले प्रदेशका सम्बन्धीत विषयगत क्षेत्रका सरोकारवाहरुसँग स्रोत परिचालन र तयारी गर्न निर्देशन दिएकि छन् । सोमबार नेपालीको अध्यक्षतामा भएको भ्रर्चुअल अन्तरक्रियामा कर्णाली प्रदेशमा बढ्दो कोरोना संक्रमण तथा सक्रिय मनसुनको अवस्थालाई मध्यनजर गर्दै यसको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विषयगत क्षेत्रका सरोकारवालहरुलाई कार्यअधिकार […]