सुर्खेत । प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवाको मृत्यू भएको छ ।
कालिकोटमा फेन्सी पसल चलाउँदै आएका मिनि हमालको नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आउदै गर्दा सुब्वाकुना चेक पोष्टका प्रहरीको कुटाइबाट घाईते भएको र उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको मृत्यू भएको आफन्तको आरोप छ । अहिले ट्रक चालक र खलासी प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकका कोखामा निलडाम देखिएका छन् ।
उनको शव अहिले अस्पतालमै रहेको छ । प्रहरीले रसिद काट्ने बहानामा कुटपिट गरेको आरोप उनका दाजु नाता पर्ने देविकृष्ण पाण्डेले बताएका छन् । आफन्तहरुले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । अस्पतालकाे प्रेेस विज्ञप्ति
शनिबार, फाल्गुण २१, २०७८मा प्रकाशित गरिएको