
काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभयान चलाउने भएको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ । यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश […]
काठमाडौं । बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन् । देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने […]
काठमाडौ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल […]
सुर्खेत । नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड २०७९ बाट कर्णाली प्रदेशबाट यशाेदा केसी सम्मानित भएकि छन् । काठमाण्डौंमा सम्पन्न दोश्रो अवार्ड फेस्टिवलबाट वेष्ट ब्यूटिसियन ट्रेनर ईयर २०७९ अवार्डबाट के.सि सम्मानित भएकि हुन् । विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले यस्ताे अवार्डले जिम्मवारीबाेध गराउने भन्दै थप हाैसला प्रदान गरेकाे बताईन् । […]
सुर्खेत । श्री गणेशजल द्धारा सदस्यलाई निरन्तर टोल भेला तथा सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरताका साथ गर्दै आएकाे छ । संस्थाको शेयर सदस्य बनेपछि प्राप्त गर्ने सुविधा तथा संस्थाले प्रदान गर्ने सेवाका बारेमा सदस्यलाई जानकारी तथा सचेतना गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे हाे । संस्थाले आ.व २०७९/०८० काे अर्धवार्षिक समीक्षा गर्दै सहकारी शिक्षाकाे आबश्यक्तालाई मध्यनजर गर्दै […]
सुर्खेत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम […]
सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वार ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे प्रतिनिधि सभाकाे प्रमुख सचेत बनेका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई नियुक्त गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका शाही मन्त्रीपरिषदका आकांक्षी थिए ।
काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द यती एयरलाइन्सले आज […]
सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् । जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागी ती ३८ सांसद मध्य नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ […]
सुर्खेत । भरुवा बन्दुक सहित सुर्खेतकाे पञ्चपुरीबाट एकजना पक्राउ परेका छन्। पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई विहिवार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ । बन्दुक सहित थापालाई नियन्त्रणमा लिई […]