काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्षसहित शनिबार बसेको बैठकले कोभिड १९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव भास्कर भद्राले जानकारी दिए । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै […]
बर्दिया । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ । अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यले बैंक […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ […]
काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहण पछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन । यही बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको […]
सुर्खेत । कर्णाली प्रदेश कोभिड अस्पतालले यतिखेर बेड हुँदाहुँदै पनि थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो । निर्देशक खड्काका अनुसार अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । तर, केही दिनअघिसम्म २०० […]
सुर्खेत । सुर्खेतमा निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्ने तयारी गरेको छ । बढ्दो कोभिड १९ को स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताएका छन् । यसअघि लागु भएको कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका ३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ […]
काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन नियुक्ती भएका छन् । ठूलो पार्टीको हैसीयतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई पुन नियुक्त गरेका थिए । बहुमतको सरकारका लागि आह्वान गरिएको समय भित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गरिएको हो । यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र […]
सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् परिवर्तन गरेका छन् । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीले राजिनामा दिएपछि माओवादी केन्द्रका तीन जनालाई मन्त्रीलाई नियुक्त गएिको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला […]