सुर्खेत । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३ सय ६९ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कालीकोटका मीनबहादुर शाही पराजित भए ।
शाहीले २०७ मत मात्र पाए। अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी भएका छन्। उनले ३४२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे । पार्टी केन्द्रको सर्कुलरअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार चुनावी प्रतिस्पर्धा भएको हो।


ओलीलाई झट्का
यो परिणामसँगै कर्णालीमा अध्यक्ष ओलीलाई झट्का लागेको छ। ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। उनले अध्यक्षका प्रत्यासी मीनबहादुर शाहीलाई सर्वसम्मत् अध्यक्ष बनाउन चाहेका थिए ।

शाहीलाई ओलीले यसअघि पनि राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए । तर, सर्वसम्मत नभई निर्वाचन हुँदा ओलीको साथ पाएका शाही भारी मतले पराजित भए । अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । त्यसैले कर्णालीको प्रतिस्पर्धालाई कँडेल र ओलीबीचको प्रस्तिस्पर्धारूमा समेत अर्थ्याइएको थियो ।

शाहको विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी नेतृत्वलाई दिएका छन् ।

मंगलबार, आश्विन १६, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१