लागुऔषध र कुलत राष्ट्रकै लागि हानिकारक स् रक्षामन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागू औषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् । लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।
उपसभापति खड्काले सीमा नाकामा हुने लागू औषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ,संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए ।
उपसभापति खड्काले लागू औषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।
बिहिबार, आश्विन २५, २०८०मा प्रकाशित गरिएको